ला लिगा : हुएस्काको पोष्टमा बार्सिलोनाको ८ गोल
काठमाडौं : स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा साविक विजेता बार्सिलोनाले नवप्रवेशी हुएस्कालाई ८-२ ले पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले लिओनल मेस्सी र दुई स्वरेज दुबैले दुई–दुई गोलको मदतमा हुवेस्कामाथि ८–२ को फारकिलो जित निकालेको हो ।
नाउ क्याम्पमा भएको खेलमा अग्रता भने हुवेस्काले लिएको थियो । उसका कुचो हर्नान्डेजले तेस्रो मिनेटमा गोल गरे । तर, १६ औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले बराबरी गोल फर्काए ।
खेलको २४ औं मिनेटमा पुलिडोले आत्मघाती गोल गर्दा बार्सिलोना २–१ ले अगाडि रह्यो । ३९ औं मिनेटमा लुइस स्वरेजले गोल थपे । तर, ४२ औं मिनेटमा हुवेस्काका फल्गेराले गोल गरे र पहिलो हाफ ३–२ मा सकियो ।
दोस्रो हाफमा बार्सिलोनाले पाँच गोल थप्यो । ४८ औं मिनेटमा डेम्बेलेले गोल गरे भने ५२ औं मिनेटमा राकिटिक र ६१ औं मिनेटमा मेस्सीले गोल गरे । ८१औं मिनेटमा जोर्डी अल्बाले गोल गरे ।
इन्जुरी टाइममा बार्सिलोनाले पेनाल्टी पायो । मेस्सीसामू ह्याट्रिक गर्ने अवसर थियो तर, उनले स्वरेजलाई दिए र उनको गोलसँगै बार्सिलोनाले हुवेस्कामाथि ८–२ को फराकिलो जित पारेको छ ।