Logo
३ माघ २०८१, बिहीबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलङ्काका राष्ट्रपति स्वदेश प्रस्थान, उपेन्द्र यादवले गरे बिदाइ

काठमाडौँ : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति सिरिसेना नेतृत्वको प्रतिनिधिमण्डल यही भदौ १३ गतेदेखि नेपाल भ्रमणमा थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उहाँकी धर्मपत्नी जयन्ती पुष्पकुमारी यही भदौ १६ गतेदेखि नेपालको औपचारिक सद्भावना भ्रमणमा थिए ।

राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गरे ।

राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुर्‍याल तथा शिष्टाचार महापाल दीपक अधिकारीलगायतले श्रीलङ्काली राष्ट्रपतिलाई बिदाई गरेका थिए ।

बिम्स्टेकको चौथौं शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुहुँदै उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव । तस्बिर : रत्न श्रेष्ठ

 

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्