Logo
३ माघ २०८१, बिहीबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राममनोहरकोे मृत्युपछि यस्तो आयो उपेन्द्र यादवको तर्फबाट प्रतिकृया

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको एक औपचारिक कार्यक्रम स्थलबाट पक्राउ परेका र प्रहरी हिरासतमा रहेका राम मनोहर यादवकोे मृत्यु भएपछि यतिबेला उपेन्द्र यादवसँग नाम जोडेर निकै विरोध भइरहेको छ । शनिवार काठमाण्डौ स्थित माइतघर मण्डालामा औपचारिक रुपमै विरोध प्रर्दशन भएको छ ।

संधीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केही दिनअघि एक कार्यक्रममा भाग लिन बर्दियाको गुलरियामा पुग्दा उनलार्इ अवरोध गर्दै कालो झण्डा देखाएपछि सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका स्थानिय नेता राम मनोहरलगायत नेता–कार्यकर्ताहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यद्यपी, शुक्रवार राती उनको मृत्यु भएपछि उपेन्द्र यादवको नाम जोडिएर उनले नै प्रहरी हिरासतमा यातना दिन लगाएको र त्यसपछि यनको मृत्यु भएको भन्दै यतिबेला ‘ट्रोल’ भईरहेको छ । यता, उपेन्द्र यादवको तर्फबाट प्रेस संयोजक तथा स्वकिय सचिव महेश चौरसियाले उक्त घटनाबारे प्रतिकृया दिएका छन् ।

उनको प्रतिकृया जस्ताको त्यस्तै : 

सीके राउतका कार्यकर्ता बर्दियाका राममनोहर यादवको निधनले हामी सबैलाई दुःखी बनाएको छ । उहाँप्रति हामी सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं । तर, उहाँको निधनलाई लिएर उपप्रधान एवं स्वास्थ्य मन्त्री मा. श्री उपेन्द्र यादवज्यूलाई जसरी दोषि देखाएर बदनाम गरिँदैछ, त्यो सरासर गलत, भ्रामक, प्रतिसोधपूर्ण, पूर्वाग्रही र लासको घृणित राजनीति मात्रै हो । यद्यपि, मन्त्रीज्यू उतिखेरै सबैलाई रिहा गर्न भन्नु भएको थियो ।
……………………………………….
सीके राउतका ति कार्यकर्ताहरुलाई मन्त्रीज्यू लगायतका हामी कसैले नियन्त्रणमा लिनु भनेका थिएनौं । यद्यपि, सार्वजनकि कार्यक्रममा उछृन्खल गतिविधि गरेपछि प्रहरीले जो कसैलाई गिरफ्तार गर्नु स्वभाविक हो । तर, सामाजिक सञ्जालका केही स्ट्याटस र सीके राउतको लगानीमा सञ्चालित केही मिडियाहरुले समाचार लेखे अनुसार उहाँको निधन यातना दिएर प्रहरी हिरासतमा भएको होइन कि, उपचारको लागि लैजादै गर्दा बाटोमा निधन भएको हो ।
……………………………………….
खासमा, राममनोहरजी पहिलेदेखि नै उच्च ब्लडप्रेसरका बिरामी हुन्, रक्तचाप बढेपछि मष्तिस्कघात भएर उहाँको निधन भएको हो । बुझे अनुसार उनकी श्रीमति पनि क्यान्सरका बिरामी हुन्, र पारिवारिक तनावले राममनोहरको रक्तचाप यसबीच झनै बढेको थियो । यसैबीच, बर्दियाको गुलरियामा आयोजित हाम्रो कार्यक्रममा राममनोहर लगायत सीके राउतका केही कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
……………………………………….
बर्दिया प्रहरीका अनुसार उनीहरुलाई हिरासतमा राख्नु बाहेक यातना दिइएको छैन । तर, रक्तचापले गर्दा एक्कासी राममनोहरजी बेहोस भएपछि उपचारको लागि तत्काल गुलरिया अस्पताल लगियो । त्यहाँ अवस्था बिग्रिएपछि नेपालगंजको भेरी अस्पताल पुर्याइयो । त्यसलगत्तै उनलाई नेपालगंजको मेडिकल कलेज नर्सिङहोम लगियो ।
……………………………………….
तर, स्वास्थ्य झनै बिग्रिएपछि काठमाडौंको महाराजगंज टिचिङ अस्पतालको लागि लैजादै गर्दा धादिङमा उहाँको निधन भएको हो । यथार्थ यही हो, बाकी कुरा उहाँको पोष्टमार्टम रिपोर्टले आफै प्रष्ट गर्ला ।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्