Logo
५ मंसिर २०८१, बुधबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ घण्टापछि काठमाडाैं विमानस्थल संचालनमा (भिडियो सहित)

काठमाडौँ : शनिबार राति ८:३५ देखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा अाएकाे छ । अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएकाे यती एयरलाइन्सकाे विमान हटाएपछि विमानस्थल संचालनमा अाएकाे हाे ।  नेपालगञ्जबाट काठमाडाैं उत्रिएकाे उक्त विमानमा चालक दलसहित २१ जना यात्रु थिए।

जहाजमा रहेका ५ यात्रुलाई सामान्य चोट लागेकोथियाे। चालक दल र अरु यात्रुको अवस्था सामान्य छ। अवतरणका क्रममा जहाज चिप्लिँदा अगाडिकाे ल्याडिंग गियर भाँच्चिदाँ विमान धावनमार्गमै अड्किएकाे थियाे। मुलुककाे एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपछि शनिबार रातियता अान्तरिक र अन्तरराष्ट्रिय उडान ठप्प भएका थिए।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहान ८:३० बजे चिप्लिएकाे विमान धावनमार्गबाट हटाएर विमानस्थल संचालनमा अाएकाे बताए। लगातारकाे वर्षा र हिलाेका कारण विमान हटाउन ढिलाई भएकाे थियाे। दर्जनाैं उडान राेकिँदा सयाै‌ं यात्रु विमानस्थलमा अलपत्र परेका थिए।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्