Logo
५ मंसिर २०८१, बुधबार
(September 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगन्जबाट काठमाडौंंका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना

काठमाडौँ :  २१ जना यात्रु बोकेर नेपालगन्जबाट काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ ।

कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको छ । जसका कारण  काठमाडौं विमानस्थलको धावनमार्ग केहि बेरका लागि बन्द गरिएको छ।

 

त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीका अनुसार जहाजमा रहेका ५ यात्रुलाई साधारण चोट लागेको छ । चालक दल र अरु यात्रुको अवस्था सामान्य छ।

प्रकाशित मिति: Sep 1, 2018

प्रतिक्रिया दिनुहोस्