Logo
२ मंसिर २०८१, आईतबार
(September 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बौद्ध भिक्षुले बोधगयामा बालकबाट हस्तमैथुन गराउँथे

भारत स्थित बिहारको गया जिल्लामा रहेको बोधगया अहिले चर्चामा छ । प्रायः भगवान गौतम बुद्ध र उनका भिक्षुहरुको सत्कर्मले चर्चामा रहने बोधगया यो पटक भने नकारात्मक कामका कारण चर्चा र विवादमा छ । बोधगयामा बौद्ध भिक्षुले बालकहरुको यौन शोषण गर्ने गरेको खबर बाहिर आएपछि विवादित बनेको हो । बौद्ध भिक्षुले बोधगयामा पढ्ने बालकहरुलाई हस्तमैथुन गराउने गरेको खुलेको छ ।

गयाको विष्णुपद मन्दिर नजिक रहेको असम भवनमा १५ बालकको बसोबास छ र पनि यहाँ सन्नाटा छाएको छ । यहाँ रहेका बालकहरु बोधगयाको मस्तीपुर गाउँमा रहेको प्रजना ज्योती बुद्धिस्ट नोविस स्कुल एण्ड मेडिटेशन सेन्टरमा पढ्दै आएका छन् । गएको चार दिनअघि अर्थात अगस्ट २९ मा यहाँ पढ्ने बालकमाथि यौन शोषण हुने गरेको कुरा बाहिर आयो ।

असमको लोगसोलियए गाउँका ५१ वर्षे अरुण विकास चकमाका ६ सन्तान मध्ये दुईजना मेडिटेशन सेन्टरमा पढ्दै आएका थिए । उनले भने, ‘बौद्ध भिक्षु बालकहरुलाई कोठामा बोलाएर हस्तमैथुन गराउँथे । उनीहरुले एक बालकलाई कोलकाता लगेर पनि यौन शोषण गरे ।’ खेतीपाती गर्ने र आर्थिक अवस्था कमजोर भएकाले सन्तानलाई सित्तैमा पढाउनका लागि डेढ वर्षअघि बोधगया पठाएको उनले बताए ।

भानुप्रियाको ९ वर्षको छोरा र ११ वर्षको भाइ पनि बोधगयामा पढ्छन् । उनको ९ वर्षको छोराको शरीरभर घाउको दाग छ भने निधारमा पनि चोटको लामो निशान छ । अगस्ट २९ मा आफूहरु यहाँ आएपछि सबै बालक रोएको उनले बताइन् । उनले भिनन्, ‘मेरो छोराले भन्यो कि उनीहरुलाई नाङ्गो गराइन्थ्यो, पिट्थे र बौद्ध भिक्षुले उनीहरुको लिंग तानिदिन्थे । यस्तो कार्य धेरै पटक बौद्ध भिक्षु स्वयम र केही पटक उनीहरु भन्दा ठूला बच्चाबाट गराउने गर्थे ।’

घटना कसरी बाहिरियो ? 

असमका अरुण विकास चकमाको साधनानन्द नाम गरेका एक बौद्ध भिक्षुसँग चिनजान थियो । साधनानन्दको आग्रहमै उनले बच्चालाई धार्मिक पढाईका लागि बोधगया पठाएका थिए । तर गएको अगस्ट २४ बेलुका साधनानन्दले अरुणलाई टेलिफोन गरेर बच्चाहरुको बारेमा जानकारी दिए । त्यसपछि अरुण अरु बच्चाका अभिभावकसहित २९ अगस्टमा बोधगया पुगे ।

मुम्बईमा बस्दै आएका साधनान्दले बिबिसी भने, ‘२२ अगस्टमा म मेडिटेशन सेन्टरमा गएको थिएँ । मैले बच्चाको शरीरमा धेरै दाग देखेँ । यसबारे उनीहरुका अभिभावकलाई बताएँ । यसबाहेक मेडिटेशन स्कुल सञ्चालन गर्दै आएको प्रजना सोशल वेलफेयर ट्रष्टसँग मेरो कुनै सम्बन्ध छैन । उनीहरुसँग मेरो चिनजान बोधगयामै भएको थियो ।’

शहरको मुख्य क्षेत्रबाट पर रहेको यो सेन्टर पुग्नका लागि पक्की बाटो पनि छैन । गएको दुई वर्षदेखि सञ्चालनमा आएको सेन्टरमा ३२ बालक अध्ययनरत थिए । अहिले सेन्टरमा १७ बालक छन् । यसमा १४ जना त्रिपुरा, दुईजना अरुणाञ्चल र एकजना असमका छन् ।

बालकमाथि यौन शोषण भएको जानकारी पाएपछि पनि आमाबुवा केही बोलेनन् । बालकहरुले बौद्ध भिक्षु र स्कुलका प्रमुख सुजाय चौधरीसँग स्कुल छोडेर जाने बताए । त्यसपछि स्कुलका प्रमुखले बच्चाहरुलाई नग्न अवस्थामै सेन्टरबाट निकाले । ती बच्चालाई लिएर आमाबुवा मुख्य मन्दिर पुगेपछि स्थानीय बासिन्दाले घटनाबारे सोधे।

स्थानीय सञ्चार माध्यमले थाहा पाए । त्यसपछि मात्रै घटना बाहिरिएको हो । अहिले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

#बिबिसी हिन्दीबाट

प्रकाशित मिति: Sep 1, 2018

प्रतिक्रिया दिनुहोस्