काठमाडौंबाट राहुल गान्धीको सन्देश : “तमसो मा ज्योतिर्गमय”
काठमाडौं : भारतीय कांग्रेसका अध्यक्ष तथा प्रतिपक्षी नेता राहुल गान्धीले काठमाडौंबाट विश्व शान्तीको कामना गरेका छन् ।
कैलास मानसरोवर यात्रामा रहेका गान्धी एक रातका लागि काठमाडौं आएका हुन् । लाजिम्पाटस्थित होटल र्याडिसनवाट उनले विश्व समक्ष सन्देश दिदै शान्तिको कामना गरेका हुन् ।
उनले आफ्नो टुइटर हेण्डलबाट ट्विट गर्दै भनेका छन् – “ॐ असतो मा सद्गमय।
तमसो मा ज्योतिर्गमय।
मृत्योर्मामृतम् गमय।
ॐ शान्ति: शान्ति: शान्ति:”
राहुल शुक्रबार अपरान्ह इन्डिगो एयरको नियमित उडानबाट काठमाडौं अवतरण गरेका थिए । विमानस्थलवाट गान्धी मारुती गाडीमा होटल पुगेका थिए ।
राहुल शनिवार नेपालगञ्ज हुदै हुम्ला र त्यसपछि मानसरोबरको यात्रामा जाने कार्यक्रम छ । उनले चीनिया उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने सम्भावना रहेको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले राहुलको भ्रमणका बिषयमा कुनै औपचारिक जानकारी नभएपनि अनौपचारीक जानकारीका आधारमा सुरक्षा प्रवन्ध मिलाएको बताए ।
प्रहरीको उनको सुरक्षाका लागि एकजना डिएसपीको कमाण्डमा टोली खटाएको छ। त्यसका साथै उनको सुरक्षाका लागि सादा पोशाकमा होटल वरपर अन्य सुरक्षाकर्मीहरु पनि खटिएका छन् ।
तस्बिर सौजन्य : THT