Logo
३ माघ २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरु स्वदेश फर्किए (फोटोफिचर)

काठमाडौँ : बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना शुक्रबारै नै स्वदेश फर्केका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आजै फर्किएका हुन् ।

त्यस्तै, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने शनिबार फर्कने छन् । उनी लुम्बीनि भ्रमणमा जाने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री केपी ओली र उनीबीच द्विपक्षीय भेटघाटका कार्यक्रम छ ।

चौथो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा बिहीबार काठमाडौ आएका हुन् । म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौं आएका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए ।

१८ बुदे घोषणापत्र जारी गर्दे बिमस्टेकको चौथो शिखर सम्मेलन औपचारिक रुपमा समाप्त भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेकको दोस्रो दिन १८ बुदे घोषणा पत्र जारी गर्दै बहुपक्षीय बैठक सम्पन्न भएको हो । यससँगै बिमस्टेकको अध्यक्षता अब औपचारिक रुपमा श्रीलंकाले गर्ने भएको छ । अब अर्को सम्मेलन भने श्रीलंकामा हुने भएको छ ।

विम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार अपरान्ह स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । तस्बिर : रासस
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएका बङगलादेशका प्रधानमन्त्री शेख हसिना शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा अभिबादन गर्दै ।
विम्स्टेकको चौथौं सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुहुँदै उपप्रधान, स्वास्थ्य तथा जनख्यामन्त्री उपेन्द्र यादव ।
विम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तलाई शुक्रबार अपरान्ह स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुहुँदै गृहमन्त्री रामबहादुर थापा ।

विम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार अपरान्ह स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : रासस
विम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार अपरान्ह स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । तस्बिर : रासस
विम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार अपरान्ह स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुहुँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रासस ।

विम्स्टेकको चौथौं शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : रासस
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएका बङगलादेशका प्रधानमन्त्री शेख हसिनालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रासस

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्