Logo
३ माघ २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक रातका लागि काठमाडौंमा राहुल गान्धी, भोली धार्मिक यात्रामा जाने

फोटो सौजन्य : THT

काठमाडौँ : भारतीय कंग्रेसका अध्यक्ष तथा त्यहाँका प्रतिपक्षी नेता राहुल गान्धी काठमाडौं अाइपुगेका छन् । उनी दिउँसो १:४५ मा इन्डिगो एअरलाइन्सबाट काठमाडौं उत्रिएका हुन् । विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार उनी ऱ्याडिसन होटलमा बसेकाछन् । मानसरोवर यात्राका निम्ति हिँडेका गान्धी इन्डिगो विमानमार्फत काठमाडौं आइपुगेका हुन् । उनी नीजि भ्रमणका क्रममा नेपाल मार्ग हुँदै मानसरोवर जान लागेका हुन् ।

उनको यो यात्रालाई नितान्त निजि भनिएको छ । होटल ऱ्याडिसनले पनि समाचारको पुष्टि गरेपनि नितान्त निजि यात्रा भएकोले केहि बोल्न नमिल्ने जनाए । शनिवार उनी नेपालगंज हुदै मानसरोवर यात्राका लागि जानेछन् । यद्यपी नेपाल स्थित भारतीय दुतावास तथा परराष्ट्र स्राेतले भने गान्धीकाे भ्रमणबारे केही जानकारी नभएकाे बताएकाे छ ।

भारतमा चुनाव नजिकिएका बेला गान्धीले प्रधानमन्त्री मोदीमाथि राजनीतिक प्रहार गरिरहेका थिए । हिजोमात्र गान्धीले राफेल प्रकरणमा पत्रकार सम्मेलन गरी मोदीविरुद्ध अभिव्यक्ति दिएका थिए । गत २६ अप्रिलमा कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा गान्धी चढेको जहाजमा अचानक प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गर्नु परेको थियो।

त्यसको केही दिनपछि २९ अप्रिलमा दिल्लीमा आयोजित एक आमसभालाई सम्बोधन गर्दै गान्धीले उक्त घटनाले आफू भित्रैदेखि बिचलित भएको र त्यतिबेला कैलाश मानसरोवरको सम्झना आएको हुँदा पार्टीले अनुमति दिए राजनीतिक गतिविधिबाट करिब दुईसाताको छुट्टी लिएर चाँडै नै कैलाश मानसरोवारको यात्रामा जाने बताएका थिए।

पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा) ले गान्धीलाई ‘हिन्दु विरोधी’ का रुपमा चित्रण गर्न थालेपछि गान्धीले आफूलाई हिन्दुविरोधी नभएर ‘शिवभक्त’ भएको दावी गर्दै आएका थिए। उनको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको त्यही आरोपको जवाफका रुपमा समेत हेरिएको छ। भारतमा आगामी वर्ष हुने लोकसभा चुनाव नजिकिँदै जाँदा सत्ता र विपक्षीबीच जातीय र धार्मिक मुद्दामा आरोपप्रत्यारोप पनि सघन बन्दै गएको छ।

 

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्