Logo
५ मंसिर २०८१, बुधबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा रेल ल्याउने बाटो खुल्यो, प्रधानमन्त्री ओली र मोदीले गरे यस्तो सहमति

काठमाडौं : नेपाल र भारतबीच वीरगञ्ज –काठमाण्डौं रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमतिमा हस्ताक्षर भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सहमति भएको हो ।

दुई देशबीच भएको सहमतिमा भारतको कोलकता/हल्दिया तथा विसखापट्टनम बन्दरगाहको प्रमुख भंसार विन्दूबाट सबैभन्दा नजिकको रेल विन्दुसम्म थोक कार्गो आवतजावत सेवा र वीरगन्ज–काठमाण्डौं रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमति भएको जनाइएको छ ।

राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्