Logo
३ माघ २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ बुँदे घोषणा पत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न, नेपाल-भारतबीच छुट्टै सम्झौता हुँदै

काठमाडौँ : राजधानीमा जारी बिमस्टेकको चौंथो सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । भदौ १४ र १५ गते भएको सम्मेलन बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’ १८ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको हो ।

यसैबीच, आज अपरान्ह ४ बजे नेपाल र भारतबीच दुईपक्षीय सम्झौता हुँदैछ । जनकपुर-काठमाडौं रेलवे को अध्ययन सम्भाव्यतामा सम्झौता हुँदै छ भने भोलि शनिबार श्रीलंकासँग पनि केही विषयमा सम्झौता हुने परराष्ट्र स्रोतले जनाएको छ ।

आजै बिहान भएको थाइल्यान्ड र नेपालबीचको दुईपक्षीय बैठकमा थाइल्यान्डले १९ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको थियो । भूकम्पकै बेला दिने भनेर थाइल्यान्डले भने पनि विविध कारणले दिन नसकिएको जनाएको थियो ।

सम्मेलनमा सहभागी सातै देशका राष्ट्र र सरकार प्रमुखले कनेक्टीभिटीलाई जोड दिएका छन् । बिमस्टेक राष्ट्रहरुबीच हवाई, रेल, विद्युत प्रसारण र यातायात मार्फत जोड्ने विषयमा सहमति भएको छ ।

यस्तै घोषणा पत्रमा कृषि प्रविधिलाई साटासाट गर्ने, आतंकवाद विरुद्ध लड्ने, जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरण गर्दै लगिने, व्यापार र लगानी बढाउने, बिमस्टेक भिषाको लागि सहजीकरण गर्ने लगायतका विषय समेटिएको छ ।

 

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्