Logo
३ माघ २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमस्टेक सम्मेलनको औपचारिक समाप्तीसँगै चार प्रमुखहरु आजै फर्किदै

काठमाडौँ : १८ बुदे घोषणापत्र जारी गर्दे बिमस्टेकको चौथो शिखर सम्मेलन औपचारिक रुपमा समाप्त भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेकको दोस्रो दिन १८ बुदे घोषणा पत्र जारी गर्दै बहुपक्षीय बैठक सम्पन्न भएको हो । यससँगै बिमस्टेकको अध्यक्षता अब औपचारिक रुपमा श्रीलंकाले गर्ने भएको छ । अब अर्को सम्मेलन भने श्रीलंकामा हुने भएको छ ।

यता, बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना आज शुक्रबार नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज नै फर्किनेछन् ।

त्यस्तै, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने शनिबार फर्कने छन् । उनी लुम्बीनि भ्रमणमा जाने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री केपी ओली र उनीबीच द्विपक्षीय भेटघाटका कार्यक्रम छ ।

चौथो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा बिहीबार काठमाडौ आएका हुन् । म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौं आएका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए ।

बिहीबार उनीहरु सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गर्दै दिवाभोज दिएकी थिइन् । भोजलगत्तै सोल्टी होटलमा उपस्थित भइ उनीहरुले शिखर सम्मेलनमा उद्घाटन मन्तव्य राखेका थिए । सम्मेलनमा नेपालका प्रधानमन्त्रीका लागि २२ मिनेट र अन्य राष्ट्रका कार्यकारी प्रमुखका लागि १५/१५ मिनेको समय छुट्याइएको थियो ।

सम्मेलनमा सम्बोधन गरेलगत्तै उनीहरु बौद्धस्थित हायात होटल पुगे । नेपालका प्रधानमन्त्री ओलीले रात्रिभोजको आयोजना गरेका थिए । भोजमा नेपालस्थित कूटनितिक नियोगका उच्च अधिकारीहरु, केही परराष्ट्रविद् तथा सरोकारवाला अधिकारीसमेत सहभागी भएका छन् ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्