वरिष्ठ कलाकार रिमालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गर्नुएको छ ।
उनले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले करीब डेढ वर्षअघि स्व रिमालको स्वास्थ्य स्थिति बुझ्न जाँदा भएको आत्मीय संवादको अहिले पनि आफूले स्मरण गरिरहेको जनाएका छन् ।
वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर स्व रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो ।