Logo
१३ मंसिर २०८१, बिहीबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीले अन्तर धार्मिक-जातीय बिबाह गरेपछि बाबुद्वारा अपहरण मुद्दा दायर (बयान सहित)

सुनसरीको हरिनगर गाउँपालीका स्थित एक प्रेमी जोडीले प्रेम बिबाह गरेपछि अहिले चर्चाको विषय बनेको छ । तर केटा मुस्लमान र केटी भने हिन्दु हुन् । १० कक्षा पढ्दापढ्दै लव परेपछि हरिनगर गाउँपालीका क्षेत्रका एक प्रेमी जोडीले अन्तर धार्मिक-जातीय बिबाह गरेपछि अहिले चर्चाको विषय बनेको हो । हरिनगर गाउँपालीका वार्ड नम्बर २ का हजरत साफीले सोही स्थानकी बबिता मण्डल संग केहि महिना अघि प्रेम बिबाह गरेका थिए ।

स्कुल पढ्दापढ्दै उनीहरूले अन्तर धार्मिक-जातीय बिबाह गरेपछि स्विकार्न नसक्दा केटीका बाबुले जिल्ला प्रहरी कार्यालय सुनसरीमा ७ जना विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धि मुद्दा हालेको छ । बबिता मण्डलका बाबु पर्शुराम मण्डल केहि दिनअघि हजरत साफी सहित ७ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा हालेका हुन ।

जिल्ला प्रहरी कार्यालयमा दिएको मुद्दामा पर्शुराम मण्डलले आफ्नी छोरी बबिता लाई हजरत साफी सहितका माथि अपहरण तथा शरीर बन्धक गरेको भनी उल्लेख गरेको छ । तर आफ्ना बाबु आफूहरूको प्रेम बिबाह लाई स्वीकार नगरेर आफ्ना श्रीमान र ससुरा माथि झुठो मुद्दा प्रहरी कार्यालयमा हालेको बबिताले बताएकी छिन् । हजरत साफी संग स्कुल पढ्दा देखिनै प्रेम सम्बन्ध रहेको बताउदै बबिताले परिवारलाई बताएपनि बिबाह गरिदिन नमानेकोले प्रेम बिबाह गरेको बताइन् ।

उनले आफूखुसी हजरत आफूले बिहे गरेको र आफ्ना बाबुले प्रहरी कार्यालयमा दिएको मुद्दा झुठो भएको बताएकी छिन् । हजरत संग मेरो प्रेम सम्बन्धले निर्दोषहरु माथि आफ्ना बाबुले मुद्दा दिएकोले तत्काल मुद्दा फिर्ता लिन उनले आग्रह गरेकी छिन् । प्रेम बिबाहपछि आफू र श्रीमान हजरत राजीखुशी संगै बस्दै आएको बबिताले बताइन् ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले विभिन्न तरिकाले प्रहरी लाई अल्मलाउने कार्य भएको बताएका छन् । प्रवक्ता डिएसपी फुयालले केटी पक्षका बाबुले दिएको मुद्दा झुठो भएको बताउदै उनले प्रहरीले युवतीको अवस्थाको बारेमा बुझ्ने प्रयास गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्