Logo
५ मंसिर २०८१, बुधबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत मैत्री धर्मशाला उद्घाटन गर्दै मोदीले नेपाली भाषामा सम्बोधन गर्ने

काठमाण्डौ : रिट्रिटको कार्यक्रमपछि शिखर सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्दै बिमस्टेकको औपचारिक रुपमा को चोथौ सम्मेलन समाप्त हुने भएको छ । बिमस्टेकमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना आज शुक्रबार नै फर्कने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज नै फर्किनेछन् ।

रिट्रिटको कार्यक्रमपछि शिखर सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्नेछन् ।

उक्त हस्ताक्षर र घोषणापत्र जारीपछि नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको उपस्थितिमा द्विपक्षिय सम्झौताको तयारी छ ।

परराष्ट्र स्रोतका अनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरिएको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ । तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री मोदी गौशला स्थित नवनिर्माण गरिएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यसैगरी उद्घाटन लगत्तै उनी पशुपतीनाथ मन्दिरमा गई विषेश पुजा समेत गर्नेछन् । त्यसपछि मात्र उनी स्वदेश फर्किनेछन् ।

धर्मशालाको उद्घाटन गर्ने बेलामा उनी विशेष सम्बोधन समेत गर्नेछन् । उनले नेपाली भाषामा भााषणको सुरुवात गर्दे आफ्ना मनतब्य राख्ने बताइएको छ ।

भारतीय सेनाको विशेष विमानबाट उनी स्वदेश फर्किनेछन् । ३६ जनाको ओफिसियल भारतीय टोलीको नेतृत्व गर्दै उनी हिजो बिहान नेपाल आएका थिए

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्