Logo
३ माघ २०८१, बिहीबार
(August 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमस्टेक सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्रीले गरिन् आफ्ना परिवारको नरसंहार घटनाको स्मरण

काठमाडौं : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ४३ वर्षअघि भएको आफ्नो परिवारको नरसंहार स्मरण गर्दै विमस्टेक सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गरेकी छन् । उनले विमस्टेक सम्मेलनले आतंकवादलाई जरैदेखि फाल्ने गरी गुरु योजना बनाउनुपर्ने बताइन । सम्बोधन गरिरहदा उनी निकै भावुक देखिएकी थिइन ।

सन् १९७५ अगस्ट १९ तारिखमा बंगलादेशका तत्कालीन प्रधानमन्त्री समेत रहेका उनका बुबा सेख मुजिबुर रहमानसहित उनको परिवारका १८ सदस्यको हत्या भएको थियो। सैनिक कुमा उनिहरु मारिएका थिए। तर छोरी हसिनाको भने ज्यान जोगिएको थियो। मुजिबुरलाई बंगलादेशमा राष्ट्रपिता मानिन्छ।

सन् १९७१ मा बंगलादेश स्वतन्त्र बनेपछि मुजिबुर त्यहाँको पहिलो राष्ट्रपति बनेका थिए।

प्रकाशित मिति: Aug 30, 2018

प्रतिक्रिया दिनुहोस्