बिमस्टेकको चौथो सम्मेलन होटल सोल्टीमा सुरु
काठमाडौँ : बिमस्टेकको चौथो सम्मेलन राजधानी स्थित होटल सोल्टीमा सुरु भएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै औपचारिक रूपमा सुरुवात गरेका हुन् ।
बैठकमा नेपालका प्रधानमन्त्री ओलीसँगै, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन्।
सम्मेलनलाई पहिला प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका हुन । त्यसपछि अन्य सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले १५/१५ मिनेट बोल्ने कार्यक्रम रहेको छ।