Logo
३ माघ २०८१, बिहीबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

BIMSTEC : श्रीलंकाका राष्ट्रपतिलाई बिमान पार्किङ्गमा ‘गार्ड अफ अनर’

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन आउनुभएका ७नतसीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । साथमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौँ : औपचारिक रुपमा बिहीबारदेखि सुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिनका लागि बिभिन्न राष्ट्रका प्रमुखहरु काठमाण्डौ आइपुगेका छन् । सम्मेलनमा सहभागी हुन पछिल्लो समय काठमाडौँ आइपुगेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको स्वागतमा नेपाली सेनालाई निकै समस्या भएको छ ।

सेनाको तयारीमा समय लाग्दा उनी काठमाडौँ आइपुगेर पनि झण्डै १ घण्टा बिमानमै बस्नु परेको छ । बाहिर विमानस्थलमा पानी परिरहेकाले उनलाई विमानबाट बाहिर आउन समस्या भएको हो । विमानस्थलमा उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पुगे पनि बाहिर पानी परेका कारण निकै समस्या उत्पन्न भएको हो ।

कुनै सिप न लागेपछि ‘गार्ड अफ अनर’ दिने ठाउँ पनि परिवर्तन गर्दै विमानस्थलकै छेउमा रहेको सेनाको बिमानहरु राख्ने पार्किङ्गमा स्वागत गरिएको हो । खुल्ला आकाशमा गार्ड अफ अनर दिने परम्परा भएपनि पानीका करण बिमानस्थलमै रहेको माथी छाप्रो भएको पार्किङ्गमा उनलाई स्वागत गरिएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन आउनुभएका ७नतसीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार स्वागत गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्त
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन आउनुभएका ७नतसीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाद्वारा दिएको सलामी ग्रहण गर्नुहुँदै । साथमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्त

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्