Logo
३ माघ २०८१, बिहीबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाका तीन समितिको सभापतिमा निर्विरोध

काठमाण्डौ : संघीय संसद अन्तरगत राष्ट्रियसभाका तीनवटा समितिको सभापतिमा तिन उम्मेदवारहरु निर्विरोध भएका छन् ।  तीनवटै समितिमा एक/एक जनाको मात्र उम्मेदवारी परेकाले बुधबार बिहान बस्ने समितिहरुको बैठकले निर्विरोध सभापति चयन भएको घोषणा गर्नेछ ।

विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाको उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । गुरुङको प्रस्तावक उदया शर्मा पौडेल र समर्थक ठगेन्द्रप्रकाश पुरी छन् । बिडारीको प्रस्तावक सुमनराज प्याकुरेल प्रस्तावक र समर्थकमा नैनकला ओझा छिन् भने थापाको प्रस्तावकमा दीपा गुरुङ र समर्थकमा रामचन्द्र राई छन् ।

यस्तै दिगो विकास तथा सुशासन समितिमा भने कसैको उम्मेदवारी परेको छैन । तीनवटै समितिमा दर्ता भएको उम्मेदवारी नेकपाबाट मात्र आएको हो । अन्तिम समयमा दिगो विकास तथा सुशासन समिति कांग्रेसलाई दिने सहमति भएपछि कुनै पनि उम्मेदवारी नपरेको हो । दीगो विकास समितिमा काँग्रेसकी तारादेवी भट्टलाई सभापति बनाउने सहमति नेकपा र कांग्रेसबीच भएको छ ।

उनको पनि बुधबार नै मनोनयन दर्ता गर्ने तयारी पनि अहिले उनी रहेको समिति फरक परेपछि उम्मेदवारी दिन नसकिएको एक नेताले जानकारी दिए । राष्ट्रियसभाको जेष्ठ सदस्यसमेत रहेकी भट्ट अहिले राष्ट्रिय सरोकार समितिको सदस्य छिन् । सहमति अघि नेकपाले भैरवसुन्दर श्रेष्ठलाई दीगो विकास समितिको सभापति बनाउने आश्वासन दिएको थियो ।

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्