Logo
३ माघ २०८१, बिहीबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा, रक्षामन्त्री ईश्वर पोखरेलद्धारा स्वागत

 

काठमाडौं : बिहिबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) मा सहभागी हुन सदस्य राष्ट्रका सरकार प्रमुखहरू काठमाडौं आउने क्रम सुरू भएको छ।

आज दिउँसो म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन्। राष्ट्रपति मिन्टलाई उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

यस्तै आजै बेलुका साढे ५ बजे राष्ट्रपति मन्टले पत्रकार सम्मेलनका क्रममा भनाईहरू राख्ने कार्यक्रम तय भएको छ।

बुधबार श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउनेछन्। विशिष्ट व्यक्तिको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। सम्पूर्ण सुरक्षा तयारी पुरा भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए।

 

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्