Logo
१ मंसिर २०८१, शनिबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारीलाई सीधै गोली ठोक्नुपर्छ : नेता नेपाल

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बलात्कारीलाई कठोर भन्दा कठोर सजाय दिनुपर्ने बताएका छन् । उनले सोमबार राजधानीमा आयोजित एक पत्रिकाको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बलात्कारीलाई सीधै गोली ठोक्नुपर्ने बताएका छन् ।

‘बलात्कारीलाई सीधै गोली ठोक्नुपर्छ’, उनले अगाडि भने, ‘जोसुकै होस, बलात्कारीलाई उन्मुक्ति दिनैहुँदैन, सीधै गोली ठोक्ने व्यवस्था गर्नुपर्छ ।’पूर्व प्रधानमन्त्री नेपालले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको पनि उल्लेख गरे । उनले स‍ंविधानको कार्यान्वयनका लागि सबै जुट्नुपर्नेमा पनि जोड दिए ।

अर्को प्रस‍ंगमा नेता नेपालले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको काम र गति सुस्त रहेको उल्लेख गरे । ‘सरकार अहिले पनि सुस्त देखिएको छ’, उने भनेअब विकास निर्माणलगायत सुशासन दिलाउनेगरि काम गर्नुपर्छ ।’

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्