Logo
१२ मंसिर २०८१, बुधबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशियाड : पुरुष भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौँ : इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ ।

इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो ।

यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने तेस्रो सेट ३०–२८ तथा चौथो सेटमा २५–१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पा¥यो ।

नेपालले १३ औँ देखि १८औँ वरियताको लागि खेलेको हो । यो वरियताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् । नेपालले अब श्रीलङ्का र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ ।

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्