Logo
२ मंसिर २०८१, आईतबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुतेर उठ्दा आँखामा किन लाग्छ कचरा ? कचरा के हो ?

एजेन्सी : विहान उठ्ने वित्तिकै हामी मुख धुन्छौँ अनि फ्रेस हुन्छौँ । मुख धुने क्रममा सबैभन्दा बढी पानी आँखामा फाल्छौँ । यसरी आँखामा बढी पानी फाल्नु निन्द्राको ह्याङ फाल्न मात्रै होइन आँखा सफा होस भन्नका लागि पनि हो ।

खासगरी आँखामा जम्मा भएका कचेरा पखाल्न हो ।

कचरा के हो ?

आँखाबाट निस्केको आँशु धुलो, फोहर र आँखाको ढकनीका मरेका कोषहरु मिलेर बनेको हुन्छ । ‘प्लीका सेमी लुनारिस’ नामक आँखाको भागले हर समय कचरा बनाउने तरल पदार्थ ( आँशु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।

तर जब हामी सुतेका हुन्छौँ, आँखा झिम झिम हुदैन् र यो तरल पदार्थ आँखाको कुनामा जम्मा भई जम्न पुग्दछ । बाहिरको धुलो, फोहर र मरेको कोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट हरेक दिन विहान उठ्दा आँखामा कचरा देखिन्छ ।

हरेक व्यक्तिमा प्लीका सेमीलुनारीसले फरकफरक मात्राको तरल निकाल्ने हुँदा कचराको मात्रा पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ ।

 

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्