Logo
५ माघ २०८१, शनिबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाको बिभिन्न समितिका सभापतिका लागि आज मनोनयन

काठमाडौं :  राष्टियसभाका विषयगत समितिको सभापति चयनका लागि मंगलबार मनोनयन हुँदैछ । राष्ट्रियसभाका चारवटा समितिको भोलि हुने सभापति चुनावका लागि संघीय संसद सचिवालयले दिउँसो ४ बजेसम्म मनोनयन गर्न सूचना प्रकाशित गरेको छ ।

राष्ट्रियसभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् । मनोनयनका लागि राष्ट्रियसभाका एक जना सांसदले समर्थन र अर्को एकजनाले प्रस्ताव गर्नुपर्नेछ ।

सबै समितिमा आफ्नो बहुमत भएकाले चारवटै समितिको सभापति आफैंले लिने तयारी नेकपाले गरेको छ । अनौपचारिक रुपमा नेकपाले समितिको सभापति टुंगो लगाइसकेको छ ।

दिगो विकास तथा सुशासन समितिमा भैरवसुन्दर श्रेष्ठ, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) लाई बनाउने भएको छ ।

प्रतिपक्षी कांग्रेसले भने अझै उम्मेदवारी दिने नदिने निर्णय गरिसकेको छैन । राष्ट्रियसभामा कांग्रेस सचेतक सरिता प्रसाईंका अनुसार समितिको सभापतिमा उम्मेदवारीबारे पार्टीले बिहान १० बजेसम्म कुनै निर्णय गरिससको छैन ।

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्