Logo
५ मंसिर २०८१, बुधबार
(August 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एका बिहानै बल्खुको तरकारी बजारमा अनुगमन, अवरोध गर्ने एक व्यापारी पक्राउ

काठमाडौँ : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेकाे छ । बिहान ४ बजे नै टाेली तरकारी बजार पुगेकाे थियाे । अनुगमनमा अवराेध गरेकाे भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बल्खु तरकारी तथा फलफूल बजारका अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको छ ।

प्यान दर्ता गरेर पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाे अनुगमनका क्रममा खुलेकाे हाे ।विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनका क्रममा अधिकांश पसल प्यान दर्ता बिनै सञ्चालन गरेको पाइएकाे जानकारी दिए । किसानसँग तरकारी खरिद गरेकाे मूल्य समेत व्यापारीले उल्लेख नगरेकाे पाइएकाे छ ।

प्यान दर्ताविनै पसल सञ्चालन तथा मूल्य नखुलाइ तरकारी बिक्री गरेकाे भेटेपछि विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालकलाई भाेलि छलफलका लागि बोलाएको छ । अनुगमन टाेली फर्किएलगत्तै व्यवसायीलाइ बाेलाएर तत्काल प्यान दर्ता गर्न भनेकाे उनले दाबी गरे । बल्खु तरकारी बजारमा २ सय ७५ वटा पसल छन्, जसमध्ये ९८ प्रतिशत पसल प्यानमा दर्ता छैनन् । साथै एउटै तरकारीकाे विक्रि दर पनि पसलैपिच्छे फरक फरक पाइएकाे छ ।

अनुगमनका लागि गएको सरकारी टोलीलाई अवरोध गर्न खोज्ने १ जनालाई प्रहरीले पक्रेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा सोमबार बिहान गएको अनुगमन टोलीलाई अवरोध गर्न खोज्ने रवि साहलाई कालीमाटी प्रहरीले पक्रेको हो । पक्राउ परेका साहलाई कालीमाटी प्रहरीमा राखिएको छ ।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनमा गएको टोलीलाई १ व्यापारीले मात्रै अवरोध प्रयास गरेको र उनलाई प्रहरीको जिम्मा लगाइएको जानकारी दिए । यसअघि कालीमाटी तरकारी बजारको अनुगमनका लागि पुगेको विभागको टोलीलाई त्यहाँका व्यापारीहरुले अवरोध गर्दै रोकेका थिए ।

प्रकाशित मिति: Aug 27, 2018

प्रतिक्रिया दिनुहोस्