Logo
३१ भाद्र २०८१, सोमबार
(August 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिलकुमार झाको माग : ‘बेपत्ताका परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्छ’ (भिडियो)

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले रौतहट स्थित लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । रौतहटबाट निर्वाचित प्रतिनिधसभा सदस्य समेत रहेका झाले आइतबार प्रतिनिधसभाको बैठकमा विषेश समय लिएर बोल्दै उक्त माग गरेका हुन् ।

हिजो शनिबार साँझ नदी तर्दै गर्दा उक्त डुङ्गा पल्टेर दुर्घटना भएको थियो । जसमध्ये अधिकांस सम्पर्कमा आएका छन् भने तीन जना बेपत्ता रहेका छन् । लालबकैयामा अझैसम्म पुल निर्माण हुननसक्दा स्थानियहरु डुङ्गाको माध्यमबाट नदी तर्दै आएका छन् । उक्त पुलको शिलान्यास भने २०७० सालमा नै भइसकेको छ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्