Logo
२३ भाद्र २०८१, आईतबार
(August 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोषी जोगाउन राज्यले नै निर्दोष नागरिकमाथि कारबाही गरेको छ : देउवा (भिडियो)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने भनी प्रश्न गरेका थिए ।

‘कञ्चनपुर घटनाकमो अनुसन्धानमा भएको ढिलाइले राज्यको कमजोरी छर्लङ्ग भएको देवाले बताए । दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ? भनेर देउवाले प्रश्न गरेका थिए । अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्न गर्नु अपराधको पराकाष्टा नै हो भन्दै देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्