Logo
५ मंसिर २०८१, बुधबार
(August 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाई १० लाख क्षतिपूर्ति माग

काठमाडौँ : प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये तीन जना बेपत्ता छन् । लालबकैयामा अझैसम्म पुल निर्माण हुनसकेको छैन । सो शिलान्यास २०७० सालमा भइसकेको छ ।

त्यसैगरी नेकपाका भीमबहादुर रावलले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकमा केही दिन पहिले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निन्दा गर्दै घटनाको उचित अनुसन्धान र छानबिन गरी हत्यारालाई कानूनको कठघरामा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति: Aug 26, 2018

प्रतिक्रिया दिनुहोस्