Logo
२ मंसिर २०८१, आईतबार
(August 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी समुदायमा आज राखीको रौनक, मोदीको तस्विर भयो भाइरल

तराई-मधेशमा आज राखीको रौनक छाएको छ । राजधानी काठमाण्डौमा समेत मधेशी समुदायले यो पर्वलाई निकै उत्साह पुर्वक मनाएका छन् । राखी बाँध्दै गरेको तस्विरहरु समाजिक संजालमा समेत उतिकै रुपमा सार्वजनिक भइरहेका छन् ।

तराई-मधेसका प्राय सबै जिल्लामा धुमधामका साथ आज राखी पर्व मनाईदैछ । दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको राखी पर्व तराई मधेसका जिल्लामा जनैपूर्णिमाका दिन मनाइन्छ ।

आजको दिन दिदी-बहिनीले दाजु-भाइलाई नाडीमा राखी बाँधिदिएका छन् । मधेशी समुदायका चर्चित पत्रकार वीरेन्द्र केएमले पनि राखी बाँध्दै गरेको बहिनीहरुसंगको फोटो सार्वजनि गरेका छन् ।

नेपाली कांग्रेसका सांसद अमरेशनारायण सिंहले समेत राखी बाँध्दै गरेको तस्विर सार्वजनिक गरेका छन् । जनकपुरकी पत्रकार मनिका झाले पनि आफ्ना भाईलाई राखी बाध्दै गरेकी तस्विर सार्वजनिक गरेकी छन् ।

उता भारतमा समेत यो पर्वको रौनक निकै देखिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा तस्विरले त झन आज समाजिक संजालमा रेकर्ड नै तोडेको छ ।

समाजिक संजालबाट लिइएका हेर्नुस् केहि तस्विरहरु : 

 

प्रकाशित मिति: Aug 26, 2018

प्रतिक्रिया दिनुहोस्