Logo
३ माघ २०८१, बिहीबार
(August 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने-पञ्चायतकालको गन्ध आयो

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेका छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि जनाएका छन् ।

‘उनीहरुले लिएको बोटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’

अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको उनले बताए । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन’ भट्टराइृले भने, ‘विव्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्छ ।’

प्रकाशित मिति: Aug 26, 2018

प्रतिक्रिया दिनुहोस्