भदौ १३ र १५ गते विजोर, अनि १४ गते जोर नम्बर प्लेटका गाडी मात्र चलाउन पाइने
काठमाडौँ : चौथो बिमस्टेक सम्मेलनका लागि भदौ १३, १४ र १५ गते काठमाडौँ उपत्यकामा सवारी साधन गुडाउन सरकारले जोर विजोर प्रणाली लागु गर्ने भएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते विजोर नम्बरका सवारी साधन चल्न पाउनेछन भने १४ गते जोर नम्बरका सवारी साधन चल्न पाउनेछन् ।
बिमस्टेक सम्मेलन चलिरहदा काठमाडौँको ट्राफिक व्यवस्थापन गर्न यस्तो निर्णय गरेको हो । नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर विजोर लागु हुनेछ ।
१३ र १५ गते विजोर अर्थात सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक १,३,५,७ र ९ भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ भने १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ०,२,४,६ र ८ भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।