गाउँपालिकाद्वारा देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण
सुनसरी स्थित देवानगंज गाउँपालिकाले एक कार्यक्रमवीच स्थानिय देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाउँपालिकाको पहलमालाई उपलब्ध गराएको एम्वुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले शुक्रबार देवानगंज स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
दक्षिणी भेगमा एम्वुलेन्स आएपछि स्थानियहरु निकै खुशी भएको भन्दै अध्यक्ष मेहता एम्वुलेन्स ल्याउन पहल गर्ने सबैलाई धनयवाद समेत ब्यक्त गरे । सोही गाँउपालिका अन्तरगत वडा नम्बर १ का बासिन्दा तर लामो समयदेखि राजधानी बस्दै आएका पत्रकार वीरेन्द्र केएमको पहलमा उक्त एम्वुलेन्स आएको थियो । भारतीय दुतावासले नियमिति रुपमा नेपाल सरकारलाई एक मुष्ट रुपमा उपलब्ध गराउने गरिएको एम्वुलेन्सहरु मध्ये १ थान एम्वुलेन्स देवानगंज गाउपालिकाले पाएका हुन् ।
एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा भौक्राहा गाउँपालिकाका अध्यक्ष तथा संघीय समाजवादी फोरमका नेता महेन्द्र यादवले कार्यकालको एक वर्षमै देवानगंज गाऊपालिकाले निकै प्रगति गरेको भन्दै बधाई दिएका थिए । कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यक्ष पुनिता यादव, वडा अध्यक्षहरु सूर्यनारायण पाल, मजलुम अंसारी, अनिल भगत, चन्देश्वर मेहता, अशोक यादव, वद्री यादव, प्रशासकीय अधिकृत त्रिलौचन न्यौपाने लगायतको उपस्थिति रहेकको थियो ।
उक्त स्वास्थ्य चौकी रहेको २ नं वडाका वडा अध्यक्ष अंसारीले अध्यक्ष मेहता र पत्रकार केएमले गरेको पहलको प्रशंसा गरे । उनले भने ‘एम्वुलेन्स सहयोगले देवानगंज गाउँपालिकावासी खुसिले गद्गद-गद्गद भएका छन् ।’ वडा नम्वर ३ स्थित कप्तानगंज स्वास्थ्य चौकीमा भने भारतीय दुतावासले प्रदान गरेको एम्बुलेन्स भने संचालनमा रहेको छ ।