Logo
४ मंसिर २०८१, मंगलबार
(August 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ जनाको शव भेटियो, २४ जना सम्पर्कमा आए, ३ जना अझै बेपत्ता (नामावली सहित)

रौतहट स्थित गौरको टिकुलिया घाटमा शनिबार साझ डुंंगा अनियंत्रित भई पल्टिएर भएको दुर्घटना बेपत्ता भएकाहरू मध्ये २ जनाको शव फेला परेको छ । भारतको सिबहर जिल्ला बेलवा-घाटमा ३५ वर्षिया रुणा पटेल, ५५ वर्षिया शान्ति देवीको शव फेला परेको हो । रौतहटकबाट बगेर शव त्यहाँ फेला परेको प्रहरीले बताएका छन् ।

यता, अन्य बेपत्ताहरु मध्ये अहिलेसम्म २४ जना सम्पर्कमा आएका छन् । केही ब्यक्ति अझैपनि बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएका छन् । रातभर चलेको खोजी तथा उद्दार कार्य अन्तरगत अहिलेसम्म २४ जनालाई उद्दार गरिएको छ । उक्त नदिमा पुल नहुदा स्थानीयहरु डुंगाको माध्यमबाट खोला तर्ने गरेका छन् ।

आज रक्षा बन्धनका लागि उक्त घाट्मा सर्वसाधारणको चाप बढी देखिएको थियो । दुर्घटनापछि रातीको समय भएकोले उद्दारमा निकै समस्या भएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका जवानहरू उद्दार कार्यमा खटेका थिए । घट्ना स्थलमा सुरक्षा टोलि सहित स्थानीयले उद्दार कार्य अझैपनि जारी राखेका छन ।

घटनास्थलमा जिल्लाका प्रजिअ गोविन्द प्रसाद रिजाल, प्रहरी उपरिक्षक केदार ठकाल, शसस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल, प्र.सेनानी सुजन शाक्य, अनुसंधान प्रहरी उपरिक्षक अभिमन्यू कुमार सिंह लगायतको उपस्थितीरहेको छ ।

प्रकाशित मिति: Aug 26, 2018

प्रतिक्रिया दिनुहोस्