Logo
४ मंसिर २०८१, मंगलबार
(August 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुर : सर्वदलीय बैठकद्धारा सन्नीलाई सहिद घोषणा गर्न माग

कञ्चनपुर : कञ्चनपुर स्थित सर्वदलीय बैठकले सन्नी खुनालाई सहिद घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । शनिबार बसेको सर्वदलीय बैठकले मृतकलाई सहिद घोषणा गर्न र पीडित परिजवारलाई उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्ऽ सरकारलाई आग्रह गरेको छ ।

१३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा शुक्रबार खुनाको निधन भएको थियो । साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्न र शारीरिक रुपमा अशक्त भएमा जीवन निर्वाहका लागि सचित व्यवस्था गर्न माग गरेको छ ।

आन्दोलनका क्रममा भएको तोडफोड तथा प्रहरीले गोली चलाएको विषयमा निश्पक्ष छानविनका लागि समिति गठन गर्न गृहमन्त्रालयलाई अनुरोध गरेको छ । बैठकले विरोधका कार्यक्रम स्थगित गर्न र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई आग्रह गरेको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानबारे पत्रकारलाई शनिबार जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायत । तस्बीर : शेरबहादुर सिंह, भीमदत्तनगर, रासस

शुक्रबार रातिबाट अनिश्चितकालीन कफर्यु लागू भएपछि शनिबार सुनसान देखिएको कञ्चनपुरको भीमदत्तनगर बजार । तस्बीरः शेरबहादुर सिंह, भीमदत्तनगर, रासस

प्रकाशित मिति: Aug 25, 2018

प्रतिक्रिया दिनुहोस्