Logo
२ मंसिर २०८१, आईतबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एडिबीले ल्याण्डफिल साइट सम्झौता रद्ध गर्ने

जनकपुरधाम : एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा जनकपुरमा सञ्चालित एकीकृत शहरी विकास आयोजना फेरि अन्योलमा परेको छ । एकिकृति सहरी विकास आयोजना अन्तर्गत जारी निर्माण समयमा पुरा नहुने देखिएपछि आयोजना अन्योलमा परेको हो ।

०६९ सालमा तत्कालीन जनकपुर नगरपालिका, एडीबी र शहरी डिभिजन कार्यालयबीच फेब्रुअरी २०१८ मै निमौण कार्य सम्पन्न गर्र्ने त्रिपक्षीय सम्झौता भएको थियो । तर, सरोकारबाला निकायको ढिलासुस्ती तथा विभिन्न प्रकारका बाधा अवरोधका कारण उक्त आयोजना समयमै सम्पन्न नहुनसक्ने भएपछि १ वर्षको म्याद थय गरिएको थियो । तर, आयोजनाको समय सीमा ९३ दिन मात्र बाँकी रहँदा समेत ल्यान्डफिल साईट निर्माणकार्यण्को आरम्भ पनि नभएपछि एडीबीले सम्झौता रद्ध गर्ने सम्भावना करिब करिब निश्चित छ ।

एडीबीले आयोजना सम्झौता गर्न सबैभन्दा महत्वपूर्ण विषय ल्यान्डफिल साइटलाई बनाएको थियो । सडक र ढल निर्माण भइसकेपछि फोहोर व्यवस्थापन चुनौती बन्न सक्ने बताउँदै एडीबीले ल्यान्डफिल साइटलाई विशेष महत्व दिएको थियो । ल्यान्डफिल निर्माण गर्न ४८ करोड रुपैयाँ छुट्टै विनियोजन भएको थियो ।

ल्यान्डफिलका लागि गुठी संस्थानले जनकपुर–१८ भोइलमा १२ बिघा १० कठ्ठा १६ धुर जग्गा उपलब्ध गराएको छ । वार्षिक चार लाख पाँच हजार रुपैयाँ उपमहानगरले तिर्ने गरी २० फागुन ०७३ मै गुठी संस्थानसँग सम्झौता भएको थियो । तर, सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि उपमहानगरले ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढाउन सकेको छैन ।

निर्माणकार्य अगाडी बढाउन समयमै चासो नदिँदा बाँकी रहेको ९३ दिनभित्र ल्यान्डफिल साइट निर्माण पूरा नहुने देखिएपछि एडीबीले सम्झौता रद्ध गर्नुका साथै पैसा पनि फिर्ता लाने सम्भावना बढेर गएको हो । २०६९ सालमा सम्झौता भएको आयोजनाको निर्माण चार वर्षपछि १ वैशाख ०७४ देखि मात्रै काम शुरु भएको थियो ।

एडीबीको ९८ करोड ऋण अनुदानमा सञ्चालित आयोजनाको निर्माण शुरु गर्न ढिलाइ भएकाले अहिले समय सीमा पूरा गर्नुपर्ने चाप देखिएको हो । अब ९३ दिन मात्र बाँकी रहेको र अहिलेसम्म ल्याण्डफिल साइटको कार्य शुरु समेत नभएकोले सम्झौता रद्ध हुने निश्चित रहेको शहरी विकाश आयोजना प्रमुख प्रदिप सिंह बताउँछन् ।

यता, जनकपुर उपमहानगरकी उपमेयर रिता झा विपक्षी दलको अवरोध र जग्गा विवादका कारण निर्माण कार्य शुरु गर्न ढिलाइ भएको दाबी गर्छिन । उनी नेपाली काँग्रेसले उक्त आयोजना असफल पार्न लागि परेको आरोप समेत लगएकी छन् । यता, जनकपुर उपमहानगरपालिका नेपाली काँग्रेसका नगर अध्यक्ष मनोज साह उपमहानगरपालिकाका मेयर लाल किशोर साहले एक शाषण चलाएको आरोप लगाउँदै आफुहरुसँग यस विषयमा कहिल्यै सल्ललह नगरेको बताए ।

उनले निर्माण कार्यमा वा कुनै समस्या आएपछि राष्ट्रिय पार्टीलाई बैठक बोलाएर समस्या समाधान गर्नुपर्ने भएतापनि नगरपालिकाले कसैलाई नखोजेको उल्लेख गरे । तोकिएको समयमा काम शुरु नहुनुका साथै निर्माण कम्पनी रमण कन्स्ट्रक्सनले पनि ढिलाइ गर्दा समस्या आएको स्थानीय बासिन्दा बताउँछन् ।

यता, यसै आयोजनाअन्तर्गत ९.२ किलोमिटर सडक र ३२ किलोमिटर नाला निर्माण गर्ने समेत सम्झौता भएको थियो । तर, सडक तथा नाला निर्माणकार्यलाई केही दिनयता मात्र तिब्रता दिइएकाले उक्त निर्माण कार्यपनि समयमा सम्पन्न हुनेमा अझैपनि आशंका कायमै छ । तर आयोजना प्रमुख सिंह हालसम्म ८५ प्रतिशत भन्दा बढि कार्यसम्म भइसकेको र डिसेम्बरसम्म निर्माण कार्य सम्पन्न भइसक्ने दावी गर्छन् ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्