Logo
१ मंसिर २०८१, शनिबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको जिल्ला अध्यक्ष सिफारीसमा मनोमानी, अन्यायका विरुद्ध लड्न राजधानीमा चौहान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अर्घाखाँची अध्यक्ष सिफारिमा मनोमानी गरिएको छ । जिल्ला अध्यक्ष, इन्चार्जलाई केन्द्रले सिफारिसको जिम्मा दिएकोमा पार्टीभित्र छलफल नै नगरी जिल्लाबाट मनोमानी ढङ्गले सिफारिस गरिएको हो ।

अर्घाखाँचीबाट नेकपाको अध्यक्षमा पितम्बर भुसालको नाम केन्द्रमा पठाइएको छ । उनीभन्दा बरियताको हिसाबले तत्कालिन नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहान प्रमुख दाबेदारका रुपमा चिनिदै आएका छन् ।  २०३८ सालमा अनेरास्वव्यूबाट राजनीति सुरु गरेका चौहान २०४२ मा पञ्चायत विरुद्धको आन्दोलनमा होमिएका नेता हुन । २०४६ मा अनेरास्वव्यूको जिल्ला अध्यक्षमा निर्वाचित हुर्दै हाल तत्कालिन एमालेको जिल्ला संचिवमा निर्वाचित भएका थिए ।

सोही क्रममा उनलाई यातना दिर्दै हिरासतमा समेत राखिएको थियो । हाल जिल्ला अध्यक्षमा सिफारिस भएका भुसाल २०६९ सालमा तत्कालिन नेकपा एमाले अर्घाखाँचीको सचिवमा चौहानसँग पराजित भएका थिए । त्यसपश्चात उनलाई सचिवालय सदस्यमा राखिएको थियो । जिल्लाबाट आफू भन्दा जुनियरलाई सिफारिस भएपछि अहिले चौहान आफूमाथि परेको अन्याय विरुद्ध लड्न राजधानीमा आएका छन् ।

आफूले न्याय पाउनुपर्ने माग गर्दै हिजआज उनी नेकपाका शिर्ष नेताहरुलाई भेटिरहेका छन् । उनका अनुसार नेकपा अर्घाखाँचीको अध्यक्ष सिफारिस गर्दा नत पार्टीको बैठक नै बस्यो । नत कसैलाई जानकारी नै दिइयो । चौहानले भने,‘मनोमानी ढङ्ले सिफारिस गरिएछ ।’ चौहानका अनुसार यसरी मनोमानी तवरले सिफारिस गरिएका नामलाई जस्ताको तस्तै अनुमोदन गरिए पार्टीभित्र वषौंदेखि योगदान पु¥र्याउनेहरुको अपमान हुने र पार्टीको औचित्य समेत समाप्त हुनेछ ।

गत वर्षसम्पन्न संघ र प्रदेशको चुनावमा टोपबहादुर रायमाझि जिल्ला मुल निर्वाचन परिचालन कमिटीको संयोजक र रामबहादुर चौहान परिचालन कमिटीको सचिव भएर सफल भुमिका निर्बाह गरेका थिए । उनले भने,‘त्यति बेला म सचिव हुँदा कसैले विरोध गरेको थिएन तर अहिले अध्यक्षको चाहना राख्दा बाईपास किन ?’

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्