Logo
१२ मंसिर २०८१, बुधबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशियाली खेलकूद: भलिबलमा नेपाल आज दक्षिण कोरियासँग भिड्दै

काठमाडौँ :  इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल शुक्रबार पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ ।

समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताएका छन् ।

एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो ।

नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक रहेका छन् । प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोञ्जे व्यलनभ र व्यवस्थापकमा भरतबहादुर शाह रहेका छन् ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्