Logo
४ मंसिर २०८१, मंगलबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्फ्यू आदेश फुकुवा, कञ्चनपुर अहिले शान्त छ : प्रहरी

कञ्चनपुरमा स्थानीय प्रशासनले बिहिबार बुलुकी ५ बजेदेखि जारी गरेको कर्फ्यू आदेश शुक्रबार बिहान ५ बजेपछि हटेको छ ।

कर्फ्यूकाबीच राति कुनै पनि किसिमको अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहान ५ बजेपछि कर्फ्यू खुलेको जानकारी दिएको छ ।

१३ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अभियुक्त खडा गरेको आरोप लगाउदै आन्दोलन चर्केपछि स्थानीय प्रशासनले बिहिबार बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

बिहान ५ बजेपछि कर्फ्यू खुलेपछि बजारमा मानिसहरुको चहलपहल देखिएको छ । अहिले महेन्द्रनगर बजार शान्त रहेको प्रहरीले जनाएको छ।

तर फेरि पनि आन्दोलनकारीहरु प्रदर्शनमा उत्रने सम्भावना रहेकोले शान्ति सुरक्षाको अवस्था मजवुद बनाइएको प्रहरीले जनाएको छ । आन्दोलन चर्कने सम्भावना देखिएमा शुक्रबार पनि कर्फ्यू आदेश जारी गर्ने स्थानीय प्रशासनको तयारी छ ।

नयाँ प्रशासक/प्रहरी प्रमुख गएपछि आज सर्वपक्षीय बैठक बस्ने र समाजिक रूपमा सहमति पछि मात्र कानूनी प्रक्रिया थाल्ने तयारी प्रशासनको रहेको छ ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्