महेन्द्रनगरमा स्थिति तनावग्रस्त, सिडिओ र एसपीलाई तान्ने तयारी, घाइतेलाई काठमाडौँ रिफर
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा महेन्द्रनगरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएपछि स्थिति तनावग्रस्त बन्दा अहिले पाँच बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रदर्शनमा भएका घाइते अर्जुन भण्डारालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ। बिहीबार महेन्द्रनगरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएपछि दुई प्रहरी सहित ८ जना घाइते भएका थिए।
१३ वर्षकी बालिकाको बलात्कार पछि हत्यामा संलग्न भएको आरोपमा वास्तविक अपराधीलाई उम्क्याउन निर्दोषलाई अपराधीको रुपमा खडा गरिएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरुको प्रहरीसँग झडप भएको छ। गोली लागेर अर्जुन भण्डारा, तेज भट्ट, तिर्थ पनेरु, मनोज बुढा, किरन पाण्डे, सन्तोष कडरिया र प्रहरीका हवल्दार हर्क ब. पाल, जवान महेश भट्ट घाइते भएका छन्।
यीमध्ये गम्भीर घाइते भई सेती अञ्चल अस्पताल लगिएका भण्डाराको यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ। वास्तविक अपराधीलाई उम्क्याउन निर्दोषलाई अपराधीको रुपमा खडा गरिएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो।
तेस्रो दिन बिहीबार अवस्था थप तनावग्रस्त भएको थियो। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अपराधीलाई जोगाउन चाहेको भन्दै स्थानीयले सुरु गरेको आन्दोलनको क्रममा बिहीबार गोली चलेपछि स्थिति नियन्त्रणबाहिर गएको हो। गोली लागेर ८ जना घाइते भएका छन् । तर प्रहरीले भने हवाई फायर मात्रै गरेको दाबी गरेको छ । महेन्द्रनगरको ट्राफिक चोकमा गोली चलेको हो। बुधबारसम्म महेन्द्रनगरमा मात्रै केन्द्रित आन्दोलन बिहीबार भने जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ ।
यसैबीच, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका सिडिओ र एसपीको काममा स्थानीय जनताले असन्तुष्टि प्रकट गरेपछि यसबारे गृहसचिव र आइजिपी सर्वेन्द्र खनालबीच छलफल चलिरहेको छ। सरकारले स्थानीयको असन्तुष्टि बढेपछि कञ्चनपुरका सिडिओ र एसपीलाई तान्ने तयारी गरिरहेको गृहस्रोतले जानकारी दिएको छ। सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने तयारी गृह मन्त्रालयले गरेको छ।
यसअघि कञ्चनपुर घटनाबारेको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीर रुपमा लिएको बताएका थिए। उता महेन्द्रनगरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएपछि स्थिति तनावग्रस्त बन्दा अहिले पाँच बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
१३ वर्षकी बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा वास्तविक अपराधीलाई उम्क्याउन निर्दोषलाई अपराधीको रुपमा खडा गरिएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो। तेस्रो दिन बिहीबार अवस्था थप तनावग्रस्त भएको थियो। निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अपराधीलाई जोगाउन चाहेको भन्दै स्थानीयले सुरु गरेको आन्दोलनको क्रममा बिहीबार गोली चलेपछि स्थिति नियन्त्रणबाहिर गएको हो।