जिसस रामेछापका कार्यक्रम अधिकृतमाथि छुरा प्रहार
रोमछाप : जिल्ला समन्वय समिति (जिसस) रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि ज्यान मार्ने उद्देश्यले छुरा प्रहार भएको छ । नचिनेका मानिसको समूहले छुरा प्रहार गरेको गरेको बताइएको छ ।
अधिकृत सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको रामेछापका डिएसपी अमरेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डिएसपी सिंहले बताए ।
मन्थली नगरपालिका-१ मच्छेडाँडीमा रहेको सुवेदीको घरमै आएर नचिनेका व्यक्तिले छुरा प्रहार गरेका हुन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए । सुवेदीको पेटमा छुरा प्रहार भएको हो ।