मोदीको पोखरा र लुम्बिनी भ्रमण यसकारण भयो स्थगित
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोखरा र लुम्बिनी भ्रमण समय अभावका कारण रोकिएको बताएका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री अधिकारीले मोदीको पोखरा र लुम्बिनी भ्रमण सुरक्षाको कारण नभई समय अभावका कारण रोकिएको दावी गरेका हुन् ।
सुरक्षामा कुनै समस्या नरहेको दाबी गर्दै उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षा नपुगेर होइन, समय अभावले हो ।’ यही भदौ १४ र १५ गते हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउँदैछन् ।