Logo
१५ मंसिर २०८१, शनिबार
(August 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली सार्वजनिक बिदा : प्रधानमन्त्रीद्वारा ‘बकर इद’ को शुभकामना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक शुभकामना प्रकट गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

उहाँले बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । ‘‘संस्कृति, जात जाति, भेषभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछु,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘एकता र सहकार्यको उच्चतम अभ्यासबाटै हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रि लक्ष्य पूरा गर्नेछौं भन्ने कुरामा म विश्वस्त छु ।’’

यसैबीच प्रदेश सरकारहरुले यस पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश १, २ र ५ ले सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित मिति: Aug 21, 2018

प्रतिक्रिया दिनुहोस्