Logo
४ मंसिर २०८१, मंगलबार
(August 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबारबाट लागू हुने गरी पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मुल्य बढ्यो 

काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको । निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २-२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको हो । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य नबढाउँदा निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था थियो । निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने बताइएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । मुल्य नबढाइए पनि ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्रा्ष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ । नेपालमा हाल पेट्रोल भारतको सीमा क्षेत्रभन्दा पेट्रोल २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सस्तो छ ।

प्रकाशित मिति: Aug 19, 2018

प्रतिक्रिया दिनुहोस्