Logo
४ मंसिर २०८१, मंगलबार
(August 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्धनग्न भएर प्रदर्शन गर्दै महिलाहरुले गरे बलात्कारीलाई फाँसी माग

काठमाडौं : बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै राजधानीको माईतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन् । शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ ।प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ । संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर, बलात्कार विरुद्ध संयुक्त र्‍यालीको व्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन् ।

बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए ।  उनीहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन् । बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारबाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन् ।

विशेष गरेर नया पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाईरहेका छन् । मण्डलामा पनि सामाजिक सञ्जालमा ससक्त हुदै आएका युवायुवतीको उपस्थिति थियो । भदौ १ देखि लागु भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रर्दशन गर्नेलाई पनि कानुनी कारबाही हुने व्यवस्था छ ।

प्रकाशित मिति: Aug 18, 2018

प्रतिक्रिया दिनुहोस्