Logo
१ मंसिर २०८१, शनिबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्झनामा ‘अटलजी’को जीवनी : जो जनतालाई भावनामा बहकाउथे अनि भाषणमा हसाउँथे

पत्रकार, कवि हुँदै प्रधानमन्त्री 

भारतीय पत्रकारितामा तत्कालिन समयका निकै लोकप्रिय पत्रकार अटल बिहारी वाजपेयी ‘अटलजी’ मात्र पुर्व प्रधानमन्त्री होइनन् । उनी आरएसएसका एक प्रशिक्षित स्वयंसेवक, प्रचारक, प्रखर कवि, सफल कुटनीतीज्ञ एव राजनीतीज्ञ समेत थिए । अन्तिम दर्शनका लागि उनको पार्थीव शरिरलाई जहाँ राखिएको छ (भाजपाको नयाँ कार्यालय) उक्त स्थानमा उनी कहिलेपनि गएका थिएनन् तर आज उनको शव पुगेको छ । हो उनै बिजेपीको पहिलो राष्ट्रिय अध्यक्ष, बिपक्षी पार्टीमा समेत लोकप्रिय नेता हुन् अटलजी । त्यो अटलजी जो जीवनभर अविवाहित रहे र पुरा जीवन राष्ट्रप्रती सर्मपृत गरे । तत्कालिन अवस्थामा जवाहरलाल नेहरु, इन्द्रा गान्धी लगायतका विश्वासपात्र समेत रहेका अटलजी कै सपनाका अधारमा आज पुरै भारतमा भाजपाले आफ्नो शासन चलाईरहेको छ ।

प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा भएका छन । भारतमा सबभन्दा लामो समयसम्म सांसद बनेका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्न सफल भएका थिए। गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने प्रधानमन्त्रीको रूपमा पनि उनलाई सम्झने गरिन्छ ।

सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो । उनले कानपुरको डी.ए.वी. कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा एम.ए. को परीक्षा उत्तीर्ण गरेका थिए भने एल।एल।बी। को पढाई शुरू गरेपनि छोडेर विद्यार्थीकाल देखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लागेका थिए । महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू परिवर्तन भएको बताउने बाजपेयीले डा। श्यामा प्रसाद मुखर्जी र पं। दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढेका थिए ।

राष्ट्रिय स्तरको वादविवाद प्रतियोगिताहरूमा भाग लिन थालेपछि सार्वजनिक छवि बनाउदै गएका वाजपेयीले पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको सम्पादक समेत बनेका थिए । उनि प्रखर वक्ता पनि रहेका थिए । प्राध्यापन पेशामा रहेका र राम्रा कवि मानिएका आफ्ना पिता कृष्ण बिहारी वाजपेयीको प्रेरणाबाट उहाँ साहित्यिक क्षेत्रमा लागेका थिए । उनको पहिलो कविता ‘ताजमहल’ मानिन्छ ।

राष्ट्रप्रतिको वैयक्तिक संवेदनशीलता, संघर्षमय जीवन, परिवर्तनशीलता, जेलवास सबै परिस्थितिको प्रभाव एवं अनुभूति उनका कवितामा पाईन्छ । भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रुपमा राजनीतिक नेतृत्व गरे । सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनि पराजित हुन पुगे। सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल भएका थिए ।

सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बनेका थिए भने १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सन् १९७७ देखि १९७९ सम्म भारतको विदेश मन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल रहेका थिए । उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराएका थिए।

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाएका थिए । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर प्राप्त गरेका थिए । उनले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपे ।

आफ्नो कार्यकालमा उनले परमाणु शक्ति सम्पन्न देशहरूको सम्भावित क्रोधबाट विचलित नभई अग्नि दुई नामक परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि दृढ कदम उठाएका थिए । उनले सय बर्षभन्दा लामो कावेरी जल विवाद समाधान गरे भने ग्रामीण रोजगार सृजना एवम् विदेशमा बसेका भारतीय मूलका मानिसहरूका लागि वीमा योजना पनि शुरू गराएका थिए । वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य बने । त्यसपछि उनले राजनीतिबाट सन्यास घोषणा गरेका थिए ।

वाजपेयी किन रहे अविवाहित ?

केही सम्बन्ध यस्तापनि हुन्छन् की जसलाई केही नाम दिन नै सकिँदैन । यस्तै सम्बन्धमध्ये भारतका पुर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको समबन्ध पनि एक मानिन जान्छ । बाजपेयीको प्रेम जीवनले त्यति उचाई लिन सकेन जति उनको नाम छ ।
एउटा निश्चित् सम्बन्धसम्म नपुगेको उनको प्रेम एक राजकुमारीसंग रहेको थियो, जसलाई कसैले नजिकबाट पढ्न र जान्न समेत पाएनन् । राजकुमारी र बाजपेयीको सम्बन्ध यति गहिरो थियो कि जसका कारण बाजपेयी जीवनभर अविवाहित रहनु पर्यो ।

सबैलाई यो कौतुहल्ताको बिषय बनेको छ की आखिर को थिइन त अटल बिहारी की राजकुमारी ? जोसंग उनको विशेष रुचि थियो । यो कुरा ४० को दशकतिरको हो, जब वाजपेयी युवा अवस्थामा थिए र ग्वालियरमा अध्ययन गरिराखेका थिए । उनीसंगै एक किशोरी पनि अध्ययन गर्थिन उनलाई राजकुमारी कौल भनेर बोलाईन्थो । त्यो समय आजभोलिको जस्तो पनि त थिएन । त्यतिवेला त किशोर–किशोरीहरू एक–अर्कासंग कुराकानी गर्नमा समाजको प्रतिष्ठासंग जोडेर हेरिने गर्दथ्यो । तर वाजपेयीलाई ती राजकुमारीसंग प्रेम थियो–जो अति नै सुन्दर थिईन् ।

राजकुमारीसंगको एकतर्फी मायामा रमाईरहेका वाजपेयी यो सम्बन्धलाई एक निश्चित् बिन्दुमा लैजान चाहन्थे । आर्कषक व्यक्तित्वका धनि वाजपेयीले प्रेम सम्बन्धलाई उचाई दिनको लागि राजकुमारीलाई सम्बोधन गरेर प्रेमपत्र लेखे र त्यो प्रेमपत्रलाई पुस्तकालयको एक किताबभित्र राखि दिएका थिए । पुस्तकभित्र पत्र राखेको धरै समयसम्म पनि कुनै जवाफ नआएपछि उनले राजकुमारीसंगको प्रेमबाट टाढा हुने मनशाय बनाए । तर उनलाई यो कुराको जानकारी थिएन की खासमा के भैरहेको छ ? त्यो पत्र राजकुमारीसम्म पुगे÷नपुगेसम्मको जानकारी उनलाई थिएन ।

वाजपेयीको जीवनमा आधारित एक किताब लेखिएको छ जसको नाम –‘अटल बिहारी वाजपेयी ः अ म्यान अफ अल सिजन्स’ । यसका लेखक तथा पत्रकार किङशुक नागले उक्त पुस्तकमा वाजपेयीको प्रेम–कहानीको वर्णन रोचक ढंगले प्रस्तुत गरेका छन । किङशुकले लेखेका छन कि सुनिता बुद्धीराजाको राजकुमारीसंगको नजिकको र गहिरो मित्रता थियो र एकचोटी राजकुमारीले सुनितासंग आफ्नो वाजपेयीसंगको सम्बन्धको बारेमा बताएकी पनि थिईन ।

यो कुरा धेरै समयपछि राजकुमारीले सुनितासंग भनेकी थिईन की जो प्रेमपत्र वाजपेयीले उनको लागि छोडेका थिए त्यो उनको हातमा पुगेको थियो र त्यसको प्रतिउत्तर पनि उनले पुुस्तकालयकै एक किताबमा मन्जुर छु भनेर लेखेर छोडेकी थिइन । तर दुर्भाग्यवस त्यो उत्तर वाजपेयीसम्म पुग्न सकेन । यसैबिच राजकुमारीका बुवा (एक सरकारी अधिकृत) ले उनको बिवाह क्याम्पसका शिक्षक ब्रीज नारायणसंग गरिदिएका थिए ।

राजकुमारीका परिवारका नजिकका आफन्तले किताबमा बताए अनुसार राजकुमारी पनि वाजपेयीलाई धेरै माया गर्थिन् । यहाँसम्म की उनी वाजपेयीसंग नै विवाह गर्न चाहाँन्थिन् । तर यी दुबै फरक–फरक जातिका थिए । वाजपेयी ब्राह्मण परिवारका थिए । १९४७ मा ग्वालिएरमा दंगा चलिरहेको समयमा वाजपेयीेको विवाहको कुरा चल्यो तर विवाहको कार्यक्रम दिल्लीमा भएकाले उनले आउन सकेनन । यो बिवाह हुन नसक्दा वाजपेयी यति खुशी भएकी उनले दोस्रोचोटि विवाह गर्ने सोचसम्म राखेनन् ।

यसपछि वाजपेयीले आफ्नो बाँकी जीवन विभिन्न सामाजिक संघ-संस्थाको सेवा तथा राजनीतिमा आफूलाई पूर्ण रुपमा समर्पित गरे । राजनीतिमा धेरै मेहनत र इमान्दारीताले उनलाई चाँडै सांसद पनि बनाउन मद्दत गर्यो । उनको जीवनमा यस्तो समयपनि आयो जब राजकुमारी मिसेज राजकुमारी बनेको धेरै समयपछि आफ्ना श्रमानको साथमा उनलाई भेट्न दिल्ली आईन जतिबेला उनका श्रीमान दिल्ली विश्वविद्यालयमा ईतिहासका प्राध्यापक थिए ।

वाजपेयी विदेशमन्त्री बनेको समयमा उनलाई लुटिएन्स जोनमा रहनको लागि घरको व्यवस्था गरिएको थियो जहाँ दिनमा कयौ मानिसहरु उनलाई भेट्न आउने गर्दथे । जुन घरमा वाजपेयी बसोबास गर्थे त्यहीँ राजकुमारीको परिवार पनि बसाई सरिसकेको रहेछ । राजकुमारीको परिवार अब वाजपेयीसंगै बसोबास गर्न लागीसकेको थियो ।

जव राजकुमारीका श्रीमानको देहान्त भयो त्यसपछि पनि राजकुमारी र उनका छोरीहरु सबैको पालनपोषणको जिम्मा वाजपेयीले नै लिए । सन् २०१४ मा जब मिसेज राजकुमारीले अन्तिम सास लिईन त्यतिबेलासम्म राजकुमारी बाजपेयीको साथमा रहिन तर वाजपेयीले भने कहिल्यै उनको साथमा कोही समबन्धको नाम दिएनन् ।

केही दिन अघिमात्र स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भई स्वास्थमा सुधार आएपछि वाजपेयी घर फर्किएका थिए । वाजपेयी आजसम्म पनि अविवाहित छन् र उनी आफ्नो एकल जीवन विताईरहेका छन् ।

हेमा मालिनिका फ्यान वाजपेयीले २५ पटक हेरेका थिए ‘सीता अाैर गीता’

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी पुरानो चलचित्रका शोखिन थिए । उनी टेलिभिजनमा आउने चलचित्रमध्ये पुरानो चलचित्र धेरै हेर्ने गथे । उनलाई पुराना हिन्दी चलचित्रमध्ये तीनओटा सबैभन्दा धेरै मन पथ्र्यो । अभिनेता दिलिप कुरमा र बैजयन्तिमालाको सन् १९५५ मा आएको चलचित्र ‘देवदास’, सन् १९६३ मा अशोक कुमार, नूतन र धर्मेन्द्रको ‘बन्दिनी’ अनि सन् १९६६ मा राजकपूर र वहिदा रहमानको ‘तिसरी कसम’।

उनी हलिउडको चलचित्र पनि हेर्ने गर्थे, ‘ब्रिज ओवर रिवर कवाई र बेर्न फ्रि और गान्धि’ धेरै मन पथ्र्यो । वाजपेयीलाई दिलिप कुमार, सञ्जिव कुमार धेरै मन पथ्र्यो । अभिनेत्रीमा उनलाई नूतन, राखी गुलजार हेमा मालिनीका फ्यान थिए। उनले हेमा मालिनीको चलचित्र ‘सिता और गिता’ २५ पल्ट हेरेको बताइन्छ । यस्तै उनलाई लता मंगेशकर मुकेश र मोहम्मद रफिको गीत सुन्न एकदम धेरै मन पथ्र्यो। ‘कभि कभि मेरे दिलमे खयाल आता हे’ उनले धेरै रुचाइएको गीत हो । उनको बिहिबार ९३ वर्षको उमेरमा निधन भएको छ।

@एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्