Logo
१ मंसिर २०८१, शनिबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दाले कसरी क्यान्सर रोकथाम गर्नसक्छ ?

एजेन्सी : वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको बताएका छन् ।  तिनमा बन्दा र ब्रो काउली पनि छन् ।  ‘क्रुसिफेरी’ वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ । तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन ।

क्यान्सर रिसर्च यूकेले धेरै सागपात खानु पर्नाका पर्याप्त कारणहरू रहेको बताएको छ । यो अनुसन्धानले मुसा र प्रयोगशालामा विकसित आन्द्राको अध्ययन गरेर कसरी सागपातले आन्द्राको भित्री सतहलाई फेरिदिन्छ भनेर हेरेको थियो । आन्द्राको सतह पनि छालाजस्तै निरन्तर रूपमा बनिराख्छ । यो प्रक्रियाका लागि चारदेखि पाँच दिन लाग्छ ।

तर यो निरन्तर भइराख्ने प्रक्रिया नियन्त्रित हुनुपर्छ । नत्र यसले क्यान्सर वा आन्द्रामा ‘इन्फ्लमेशन’ अर्थात् शूल हुनसक्छ ।

‘इम्युनिटी’ जर्नलमा प्रकाशित सो अनुसन्धानबारेको लेखमा उपर्युक्त सागपातमा भएका रासायनिक तत्त्वहरू महत्त्वपूर्ण रहेको उल्लिखित छ ।

आन्द्राको क्यान्सरका लक्षणहरू:

  • दिसामा निरन्तर रगत देखिनु
  • धेरै पटक दिसा बस्नुपर्ने हुनु
  • पेट दुख्नु, फुल्नु र अप्ठेरो हुनु

स्टकिङ्गर भन्छिन्, “मुसाहरूमा ऐँजेरु बन्न थालेपछि हामीले उपयुक्त खाना दिन थाल्यौँ। त्यसले ऐँजेरुको वृद्धिलाई रोकिदियो ।” स्टकिङ्गरका अनुसार सो अनुसन्धानबाट पत्ता लागेको कुरा ‘आशाप्रद’ छ। आफूले मासु खान घटाएर धेरै सागसब्जी खान थालेको उनी बताउँछिन् ।

“यो अध्ययनबाट यो प्रणालीले कसरी काम गर्छ भन्नेबारे रासायनिक विधि थाहा भएको छ ।”

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्