प्रदीप अधिकारीको सपना चक्नाचुर : राजदूत सेवा अधिकारीले गरिन् पतिसँग डिभोर्स
काठमाडौं : नेपालका लागि पाकिस्तानमा राजदूत रहेकी सेवा अधिकारी लम्सालले पति प्रदीप अधिकारीसँग सम्बन्धविच्छेद गरेकी छिन् । उनले शक्तिको आडमा सबै सम्पत्ति हत्याएर पतिलाई सडकको बास गराइदिएकी छिन् । उच्च शिक्षा दिलाएर पत्नीलाई राजदूतको ओहोदासम्मको ओहदामा पुऱ्याएका पतिसंग उनले सम्बन्ध बिचछेद गरेपछि समाजमा बिभिन्न किसिमका चर्चा परिचर्चा सुरु भएको छ । ‘हाइट बढेपछि पत्नीले पतिलाई सडकको बास गराउँछिन् भन्दै कयौंले उनको ब्यवहारबारे बिभिन्न टिकाटिप्नी गर्न थालेका छन् ।
लाजै नभएका, थौरैपनि ब्यवहार नभएका यस्ता पत्नीलाई के भन्ने ? उनका एक आफ्न्तले भने ‘उनको व्यवहारले बिभन्न प्रश्नहरु खडा भएको छ ।’ उनले भने ‘राजदूत बनिसकेपछि उमेर ढल्किसकेका पतिलाई त्यानु उनको ब्यवहारको चित्रण भइरहेको छ ।’ आफूले जीवनभर दुःख गरेर काठमाडौंको तीनकुनेको गैरीगाउँमा बनाएको घर पत्नीले कब्जा जमाएकी छिन् ।
इटहरीको मूल्यवान जमिन र बैंकमा सञ्चित गरिएको सम्पूर्ण रकम पत्नीबाट खोसिएपछि प्रदीप अधिकारी यतिबेला मीनभवनस्थित आफन्तको घरमा शरण लिइरहेका छन् । तीन छोरीका पिता अधिकारी पहिले गृह मन्त्रालयमा जागिरे थिए । गृहबाट उद्योग मन्त्रालयमा सरुवा गरिएका उनी कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवारत थिए । त्यहीँ सेवारत रहँदा अधिकारी सेवामुक्त भएका हुन् ।
निजामती सेवामा रहँदा कृषि विकास बैंकको चौथो तहमा जागिरे रहेकी पत्नी सेवा लम्साललाई आफैँले उच्च शिक्षा दिलाएर निजामती सेवामा प्रवेश गर्न प्रदीपले सहयोग गरेका थिए । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेकी लम्सालले दुई वर्षअघि राजदूत नियुक्त हुनुभन्दा केही समयअघिदेखि नै पतिसँग विभिन्न निहुँ झिकेर झगडा गर्न थालेकी थिइन् । पतिले जागिर गुमाएपछि फरक व्यवहार गर्न शुरु गरेकी उनले आफ्नो ओहोदा बढ्दै गएपछि शयन कक्षसमेत पतिसँग अलग गरेको पीडित पतिको भनाइ छ ।
राजदूत नियुक्त भएपछि सेवामा परिवर्तन देखापरेको थियो । यसै क्रममा बुढेसकालका पतिलाई गत असार २० गते उनले कानूनी तवरमै छोडिदिएकी छिन् । पतिसँग सम्बन्धविच्छेद गरिदिँदा सेवाले प्रदीप अधिकारी पनि बाँच्न पाउनुपर्छ भन्ने सोचिनन् । घर, जग्गा र सम्पूर्ण नगद आफैँसँग राखेर उनले पतिलाई घरबाट निकालिदिइन् । सँगै जिउने, सँगै मर्ने वाचा गरेकी पत्नीले ठूलो ओहोदा भेट्टाएपछि यतिसम्म गर्लिन् भन्ने सपनामा पनि नसोचेका प्रदीप अधिकारीसँग यतिबेला वास बस्नका लागि घर छैन ।
खेतीपाती गर्नका निम्ति जग्गाजमिन पनि छैन । जागिर खानका लागि उमेर र अन्य केही काम गर्नका निम्ति जाँगर पनि छैन । यसरी रित्याइएका प्रदीपले बाँकी जिन्दगी कसरी गुजार्ने हुन्, चिन्ताको विषय बनेको छ ।