Logo
१५ मंसिर २०८१, शनिबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बकरईदको सार्वजनिक विदा दिन मुस्लिम संघर्ष गठबन्धनको माग

सुनसरी : राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदकाे सार्वजनिक विदा माग गरिएको छ । गठबन्धनले विदाकाे लागि पुनः ध्यानाकर्षण गराउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विदा दिने आश्वासन दिएकाे गठबन्धनका नेताहरुले बताए ।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायहरुकाे खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुनिश्चित गर्नुपर्ने इद- बकर इद पर्वमा सार्वजनिक विदा दिनुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री ओलीले बकर इदमा सार्वजनिक विदा दिने आश्वासन दिनु भएको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले बताए। भदौ ६ गते बुधबारका दिन बकर इद पर्व पर्दछ।

पहिलेका सरकाले इद-बकर इदमा दिने गरिएको सार्वजनिक विदा अाेली सरकारले कटौति गरेपछि मुस्लिम समुदायमा व्यापक नराजगि रहेको छ। मुस्लिम समुदायले बकर इदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न चेतावनी दिएको हाे।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्