भीषण वर्षाका कारण अनामनगर र आसपासको क्षेत्र डुवानमा
काठमाडौं : मंगलबार रातिको भीषण वर्षाका कारण अनामनगर र आसपासको क्षेत्र डुवानमा परेको छ । वर्षासंगै धोवीखोलामा आएको बाढीले अनामनगर आसपासको नदी किनारको सडक, घर र पसलसमेत डुबानमा परेका छन् ।
खोलाको बाढी घरभित्र पसेपछि अहिले डुबान पीडितले घर, पसलभित्रका सामान तथा घरभित्र पसेको पानी निकाल्ने काम गरिरहेका छन् । हरेकवर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गरेको छ।
खोला मानव अतिक्रमणमा परेपछि वर्षेनी वर्खाको समयमा खोला आसापासका क्षेत्र डुबानमा पर्दै आएको छ ।