Logo
१० मंसिर २०८१, सोमबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायिका प्रियंका कार्कीले पत्र मार्फत आयुष्मानसंग गरिन यस्तो बाचा

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलेशनिबार बेलुकी काठमाण्डौको द्धारिका होटलमा औठी साटेपछि उनले सामाजिक संजालमा इन्ट्राग्राममा युष्मानको नाममा भावूक पत्र लेखेकी छिन्।‘म तिमीसँग बाचा गर्न सक्दिन कि काला बादलहरुले हाम्रो जीवनलाई कहिल्यै ढाक्ने छैनन् वा भविष्यले हाम्रा लागि कैयौ इन्द्रेणीहरु ल्याउनेछ । म तिमीसँग बाचा गर्न सक्दिनँ कि भोलीको दिन सुखमय हुनेछ वा जीवन सहज हुनेछ ।

यद्यपी म के वाचा गर्न सक्छु भने मेरो अस्तित्वको हरेक अंश, मेरो आस्था, सम्मान र मेरो निशर्त प्रेम तिम्रो बाँकी जीवनका लागि हुनेछ ।’नायिका कार्कीले अगाडि लेखेकी छिन्(‘म बाचा गर्न सक्दिनँ कि म सधै तिम्रो साथमा हुनेछु । तिम्रो कुरा सुन्न, तिम्रो हात थाम्न, तिमीलाई मायाको अनुभुती गराउन । तर, म बाचा गर्न सक्छु कि हरेक संकटमा तिमीसँगै हुनेछु र हामी यसको समाधान निकाल्नेछौ । म तिमीसँग सपना देख्नेछु । सधैभरी तिमीलाई प्रोत्साहन गर्नेछु । राम्रो र खराब समय तिम्रो सबैभन्दा बलियो पिल्लर बन्नेछु ।’ प्रियंकाले ‘म बाचा गर्न सक्छु कि म तिम्रो संरक्षक, सल्लाहाकार, बेष्ट फ्रेन्ड, परिवार र तिम्रो सबै कुरा बन्नेछु’ भन्दै आयुष्मानप्रति अथाहा प्रेम दर्शाएकी छिन् ।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्